स्याङ्जा । जिल्लाको वालिङ्ग नगरपालिकामा १६ महिने बालकको घाँटी रेटेर हत्या भएको छ ।
वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गकाे घाँटी रेटेर हत्या गरिएकाे प्रहरीले जनाएको छ ।
घाँटी रेटिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ पुर्याइएकाेमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा चोट लागेको छ । उनको साेही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले पर्वत–५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरेको छ ।
घटना कुन उदेश्यले र किन घटाइएको भन्नेबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्