
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको छ ।
कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् ।
परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको जानकारी दिनुभएको छ ।
कोरोनाका कारण यसअघि नै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डअनुसार विश्वविद्यालयका परीक्षा सञ्चालन भएका छन् कि छैनन् अनुगमन गर्न निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्