
काठमाडौं, माघ १० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टसँगै नयाँ भेरियन्ट देखिने जोखिम बढेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताउनुभयो ।
ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गर्नुभयो ।
पौडेलले हाल दैनिक २ सय जना हाराहारीमा संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नुपरेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उहाँले जानकारी दिनुभयो ।
माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्