काठमाडौं । भारतमा गत २४ घण्टामा थप २ लाख ९ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ९ सय ५९ जनाको मृत्यु भएको छ ।त्यस्तै गत २४ घण्टामा २ लाख ६२ हजार ६ सय २८ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतमा कोरोना सक्रमित हुनेको सङ्ख्या लगातार कम भइरहेको छ । तर मृत्यु हुनेको तथ्यांक भने बढेको भारतीय संचार माध्यामले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्