
काठमाडौं, माघ २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना परीक्षण गरिएका मध्ये सत प्रतिशतमा नै हाल ओमिक्रोन भेरियन्ट देखिएको जनाएको छ ।
मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता मिश्राले पुष २० देखि माघ ८ गतेसम्मको ९५ वटा नमुना गरिएको जिन सिक्वेसिङ्मा सबैमा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी दिनुभयो ।
भारतको इन्स्टीच्युट अफ जिनोमिक एन्ट इन्ट्रिग्रेट अफ वायोलोजीमा गरिएको जिन सिक्वेसिङमा ८२ प्रतिशतमा ओमिक्रोनको लिनिएच बिए पोइन्ट टु पुष्टि भएको छ ।
ओमिक्रोन भेरियन्ट भित्र पनि हाल ४ वटा लिनिएच देखिसकेको मन्त्रालयले जनाएको छ । समय अनुसार भाइरसमा उत्परिवर्तन भईरहने हुदा जोखिम कायम नै रहेकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्