१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१४ वर्षीया बालिका बलात्कारकाे आराेपमा युवक पक्राउ


156
Shares

काठमाडौं । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी(बलात्कार)को अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ गडरेका २९ वर्षीय मनोज कुमार राई रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।