
काठमाडौं । ललितपुर र सुनसरीमा बालिका बलात्कारको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
अमिरले बालिकालाई इमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
यस्तै, सुनसरीको १४ वर्षीया किशोरीलाई बलात्कारको अभियोगमा बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय सितागन्जले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्