
काठमाडौं । सामसङ्गको ग्यालेक्सी एस ट्वान्टी टु सिरिज नेपाली बजारमा भित्रिएको छ ।
सामसङ्ग मोबाइल नेपालले हालसम्मकै प्रिमियम एस सिरिज स्थानीय बजारमा ल्याएको हो । कम्पनीले एक कार्यक्रम गरी ग्यालेक्सी एस ट्वान्टी टु अल्ट्रा, ग्यालेक्सी एस ट्वान्टी टु प्लस र ग्यालेक्सी एस ट्वान्टी टु मोबाइलहरू बिक्री थालेको जानकारी गराएको हो ।
हालसम्मकै शक्तिशाली फोन दाबी गरिएको एस ट्वान्टी टु अल्ट्रा १ लाख १३ हजार देखि १ लाख ७० हजार रुपैयाँसम्मका रहेका छन् । २ सय ५६ जिबी स्पेश भएको ग्यालेक्सी एस ट्वान्टी टु मोबाइलको नेपाली बजार मूल्य १ लाख १३ हजार र ५ सय १२ जिबीको एस ट्वान्टी टु अल्ट्राको बजार मूल्य १ लाख ७० हजार रुपैयाँ रहेको छ ।
ग्यालेक्सी एस २२ प्लस र एस २२ मा प्रो स्तरको ए आइ क्यामेरा जडान गरिएको जनाइएको छ । आकर्षक मोडल र अत्याधुनिक विशेषताका यी फोन नेपाली उपभोक्तामाझ चाडै नै लोकप्रिय हुने सामसङ्ग मोबाइल नेपालका निर्देशक प्रणय रत्न स्थापितले विश्वास व्यक्त गर्नुभयो ।
पानी र धुलोले असर नगर्ने यी सेटको प्रि–अर्डर खरिदमा विभिन्न अफर समेत राखिएको कम्पनीले जनाएको छ । प्रि अर्डर २३ फेब्रुअरीबाट सुरु भइ ९ मार्चसम्म रहने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्