१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतका पाँच राज्यमा भएको निर्वाचनको परिणाम घोषणा


3.354k
Shares

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मत परिणाम घोषणा भएको छ ।

गत महिना सम्पन्न निर्वाचनको बिहिबार गरिएको मत गणनाको परिणाम अनुसार सबै भन्दा ठूलो राज्य उत्तर प्रदेशसहित ४ वटा राज्यमा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ भने पञ्जावमा आम आदमी पार्टीले क्लीन स्वीप गरेको छ । ४ सय ३ सदस्यीय उत्तर प्रदेशमा २७४ सिटसहित भाजपा पुनः सत्तामा फर्किएको छ ।

उत्तरप्रदेशमा मुख्यमन्त्रीको पूर्ण कार्यकाल शासन गरेर पुनः सत्तामा आउने इतिहास बनाउन योगी आदित्यनाथ सफल बन्नुभएको छ । यस्तै उत्तराखण्डमा पनि भाजपाले नै बहुमत प्राप्त गरेको छ भने मणिपुर र गोवामा पनि भाजपाले नै जीत निकालेको छ ।

पञ्जावमा भने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीले अरु सवै दललाई बढारेको छ । ११७ सदस्यीय पञ्जावमा आमले ९२ सीट जितेको छ । दश वर्ष अघि गठन भएको आमले दिल्लीपछि पञ्जावमा सरकार बनाउने भएको छ ।

सन् २०२४ मा हुने संसदीय चुनावका लागि जनमत सर्वेक्षणको रुपमा समेत लिइएको यी राज्यहरुको चुनावमा भाजपालाई सफलता मिलेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ चुनावमा पनि भाजपाकै जीत सुनिश्चित भएको प्रतिक्रिया दिनुभएको छ ।