
सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् ।
भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीवगर घाटमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् ।
शनिबार साँझ ५ बजे नुहाउने क्रममा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।
बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्