
तस्विर : फाइल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीसआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनु नपर्ने बताउनुभयो ।
यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्