१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना संक्रमण बढेपछि चीनको संघाई शहरमा गरियो ९ दिने लकडाउन


273
Shares

काठमाडौं । कोभिड संक्रमण बढेपछि चीनको संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको हो ।

दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र पश्चिमतर्फ अप्रिल १ देखि ५ अप्रिलसम्म लागु हुनेछ ।

सो अवधिभर यातायात सेवा पूर्ण रुपमा बन्द रहनेछ भने कलकारखानाहरुमा भौतिक दुरी कायम गरी काम गर्नुपर्ने छ ।

विश्वका अन्य देशहरुमा ओमिक्रोन भेरियन्ट केही हदसम्म नियन्त्रणमा आए पनि चीनमा पछिल्लो समय संक्रमण नियन्त्रणमा आउन सकेको छैन । उनीहरुका अनुसार लकडाउनको अवधिभर कोरोना नियन्त्रणमा नआए लकडाउनको अवधि पुनः बढाइनेछ ।