
काठमाडौं । ललितपुर जिल्लाकाे पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज (बिहिबार) बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
एक जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएकाे छ । अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृतक र घाइतेलाई कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरुलाई पाटन र बीएण्डबी अस्पताल लगिएको छ ।
ग्याँस कारखाना भित्र अहिले पनि छिर्ने अवस्था समेत नरहेको ललितपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्