
फाइल तस्वीर
ललितपुर । नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्