
web pic
काठमाडौं । काठमाडौंको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ ।
मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइतेको उपचारका क्रममा शुभेच्छा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सीतापाईलाबाट भिमढुङगा चल्ने बा २ ख २३०५ नम्बरको बसले आइतबार बिहान साढे ७ बजे पैदल हिडिरहेका लौडारीलाई ठक्कर दिएको थियो ।
बससहित चालकलाई प्रहरी बृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्