१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध अर्को मुद्दा दर्ता


1.677k
Shares

एजेन्सी ।दक्षिण भारतीय अभिनेता तथा निर्माता विजयबाबु विरुद्ध बलात्कारको अर्काे मुद्दा दर्ता भएको छ ।

उनी विरुद्ध यस अघि पनि यस्तै प्रकारको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन दिएर बलात्कार गरेको भन्दै एक युवतीले केरला प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा दर्ता भएपछि प्रहरीले विजयलाई लुक आउट नोटीस जारी गरेको थियो । यो नोटीस जारी भए पश्चात विजयले अग्रिम जमानतको लागि केरला उच्च अदालतमा निवेदन दिएका थिए । तर, विजयको जमानतको निवेदनमा मुद्दा अगाडि बढ्नु अघि अर्की एक महिलाले विजयमाथि गम्भीर आरोप लगाउदै मुद्दा दर्ता गरेकी छिन ।

भारतीय सञ्चार माध्यमका अनुसार विजयविरुद्ध केरलाको कोच्चिमा अर्काे मुद्दा दर्ता भएपछि विजय विदेश फरार भएका छन् । ती महिलाले पनि विजयले आफुमाथि शारीरिक शोषण र यौन शोषण गरेको दाबी गरेकी छिन् । महिलाले विजयमाथि चिनजान गरेको २० मिनेट पछि विजयले आफुलाई चुम्वन गर्ने कोशिस गरेको आरोप लगाएकी छिन् ।

उक्त घटनापछि ती महिलामा बसेको डरको कारण उनी फिल्म क्षेत्रमा प्रवेश नगरेको बताउँछिन् । तर, अब उनले आफू यस अघिकी ती पीडित युवतीको साथमा रहेको बताएकी छन् ।


आफुमाथि मलयालम अभिनेत्रीले लगाएको बलात्कारको आरोप पश्चात विजयले फेसबुक लाइभमा आएर कानूनलाई तोड्दै आरोपी पीडित अभिनेत्रीको सबै पहिचान खुलाएका थिए । सोहि कारण विजयमाथि थप जरिवाना समेत लगाइएको छ ।


यस अघि पनि विजयमाथि सह निर्माता सान्ड्रा भोमसले यस्तै आराप लगाएकी थिइन् । तर, पछि यो मुद्दा फिर्ता भयो । हाल विजयले नयाँ मुद्दामा भने आफ्नो निर्दोषताको दाबी गरिरहेका छन् ।