१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सूर्य नेपाल गल्फको उपाधि सुवास तामाङलाई


130
Shares

काठमाडौं । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् ।

गोकर्ण गल्फ क्लबको कोर्समा भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन ।

यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन ।

१३ औं सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सुर्य नेपाल च्यालेन्ज र अप्रिलमा सुर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।

अन्तिम दिन ४ अन्डर ६८ अंक जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अंक जोडे । शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अंक जोडेका थिए ।

व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे ।