१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अस्पतालमै उपचार नपाएर बालिकाको मृत्यु


390
Shares

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा एक बालिकाको उपचार नपाएर मृत्यु भएको छ ।

घरमा बिरामी भएपछि बिहीबार विहान अस्पतालमा पुर्‍याएकोमा समयमै डाक्टर नआउँदा मृत्यु भएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।

भागेश्वर गाउँपालिका–५ सिराड घर भएका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यनुसा थापामगरलाई उपचारका लागि विहान ५ बजे अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याएको तीन घण्टासम्म पनि डाक्टर नआउँदा बालिकाको मृत्यु भएको भन्दै आफन्तले प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल व्यवस्थापन समितिलाई गुहारेका छन् ।

अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्तले अस्पताल बिकास समितिका अध्यक्षको राजीनामा र मेडिकल सुपरिटेन्डेन्टको सुरुवाको माग गरेका छन् ।

माग सम्बोधन नभएसम्म शव नउठाउने उनीहरूको भनाइ छ ।