
बैतडी । जिल्लामा बेपत्ता रहेका दुई युवक मृत भेटिएका छन् ।
दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्याम सिंह धामी मृत फेला परेका हुन् ।
जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत सोमबार स्थानीय मएडा जंगलमा मृत भेटिएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिनुभयो ।
रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेट्टिएको हो । बोल्न नसक्ने र मानसिक रूपमा अस्वस्थ उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको छ ।
यस्तै धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेट्टिएको हो । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्