
दीपक चालिसे
फ्रान्स । २०५८ सालमा नुवाकोटको विदुर नगरपालिका–७ का शिवराम भण्डारी नेपाली कांग्रेसका सक्रिय समर्थक थिए ।
सशस्त्र द्वन्द्व चर्किएका बेला कांग्रेस समर्थक भएकै कारण माओवादीले उनलाई गाउँमा बस्न दिएन । नेपालमै उच्च शिक्षा हासिल गरिरहेका उनी माओवादीको तारोमा परेपछि फ्रान्स हानिए ।
सुरुवाती दिनमा फ्रान्समा गर्न परेका संघर्ष पनि कम पीडादायी थिएन । सोही संघर्षका कारण आज उनी फ्रान्समा स्थापित भएका छन् ।
२२ वर्षमा विदेशिएका भण्डारी अहिले फ्रान्सको राजधानी पेरिसमा रेष्टुरेष्ट चलाएर सफल नेपाली व्यवसायीका रूपमा कहलिएका छन् । नेपाली खानालाई विदेशमा चिनाउन आफूले सक्दो प्रयास गरिरहेको उनी बताउँछन् ।

भण्डारीले सञ्चालनमा ल्याएको रेष्टुरेण्टमा अहिले १३ जना नेपालीले रोजगारी पाएका छन् । फ्रान्सका स्थानीय सञ्चार माध्यममा समेत उनको रेष्टुरेण्टको चर्चा हुने गरेको छ ।
शुरुमा फ्रान्सेली खानाकै रेष्टुरेन्ट चलाएका भण्डारी अहिले विदेशमा आफ्नो व्यवसाय मार्फत नेपाली खानालाई स्थापित गर्न लागिरहेका छन् । पेरिसमा उनका फेपरिक वोनुभोल (नयाँ खबर) र नेपाली मोमो हाउस नामक दुई रेस्टुरेन्छ छन् ।
प्रतिक्रिया दिनुहोस्