
काठमाडौं । पछिल्लो २४ घण्टामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक विपद् बुलेटिनअनुसार सो अवधिमा चट्याङबाटै १९ जना घाइते भएका छन् ।
चट्याङबाट बागलुङको निसीखोला गाउँपालिका–५ की ७६ वर्षीया महिला र मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डपका २२ वर्षीय युवकको मृत्यु भएको हो ।
चितवनको कालिका गाउँपालिका–८ मझुवामा रोपाईं गरी बसिरहेका १४ जना, सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–७ का २४ वर्षीया महिला र १० वर्षीया बालिका घाइटे भएका छन् ।
त्यसैगरी, अछामको रामरोशन गाउँपालिका–६ का ४० वर्षीया महिला र दैलेखको नारायण नगरपालिका–३ कालीमाटीका ३६ र १८ वर्षीय पुरुष पनि चट्याङबाट घाइते भएका छन् ।
प्राधिकरणका अुनसार २०७९ बैशाख १ गतेदेखि हालसम्म चट्याङबाट देशभर ४७ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा विपद्का घटनामा सबैभन्दा धेरै मृत्यु चट्याङबाटै भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्