१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन चुनाैती : मन्त्री कुँवर


325
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरूको शव ल्याउन कठिनाइ भइरहेको बताउनुभएको छ ।

बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले अहिले अरबमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउनु ठूलो चुनौतीको विषय बनेको बताउनुभयो ।

मन्त्री कुँवरले अवैधानिक रूप अरब काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गर्नुभयो । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताउनुभयो ।

मन्त्री कुँवरले विदेशमा मुत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएन दुवैका दायित्व भएको बताउनुभयो ।

मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताउनुभयो । उहाँले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरूसँग समन्वय गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताउनुभयो ।

मन्त्री कुँवरले हुण्डी तथा चोरबाटो बाट आउने रेमिट्यान्स नियन्त्रण गर्नसके रेमिट्यान्स बढ्नसक्ने बताउनुभयो । उहाँले नेपालीहरू विदेशमा विज्ञको रूपमा काम गर्ने तर नेपालमा विश्वास नगर्ने अवस्था रहेको भन्दै अब नेपाली विज्ञहरूलाई विश्वास गरेर काम गराउन जरुरी रहेको बताउनुभयो ।

मन्त्री कुँवरले नेपाली श्रमीकले नेपालमा नै विश्वास गरे काम गर्न दिए कम खर्च र देशको ऐन,कानूनप्रति जवाफदेही हुने दाबी गर्नुभयो ।

त्यस्तै कार्यक्रमा बोल्दै श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले सबै भन्दा धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीले जीडिपीमा ५७ प्रतिशत योगदान भनेपनि चाहेजति व्यवस्थित बनाउन नसकेको बताउनुभयो ।

सचिव अर्यालले अहिले सरकारले देशभित्र वा बाहिरका रोजगारदाता र श्रमीक खोज्ने अनलाइन सिस्टम बनाउन लागेको बताउनुभयो । उहाँले नेपाली श्रमिकले विदेशमा काम गर्न जाने कम्पनीको बारेमा,आफू पाउने तलव र कामको लागि गरिएको सम्झौता देख्न पाउनुपर्ने बताउनुभयो ।

सचिव अर्यालले अब नेपाली श्रमीकले नेपालबाट एउटा कामको लागि सम्झौता गरेर विदेश जाने, विदेश पुगेर अर्को काम गर्नुपर्ने स्थितिको सरकारले अब अन्त्य गर्ने दाबी गर्नुभयो ।

सचिव आर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताउनुभयो । खाडी मुलुकमा जाने श्रमीकको लागि पनि २ लाख लिने प्रचलन रहेको भन्दै त्यसको पनि सरकारले अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।