
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले विभिन्न वडाहरुमा शिविरको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
वडा नम्बर ६ बाट सुरू गरेको सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई सबै वडाहरुमा संचालन गरिने गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।
वर्षाको समय र भौगोलिक विकटताका कारण वृद्ध–वृद्धा तथा असक्तहरुलाई भत्ता लिनका लागि आउन जान समस्या हुने भएकाले गाउँपालिकाले प्राइम कमर्सियल बैकसँगको समन्वयमा शिविर संचालन गरी भता वितरण गरेको हो ।
वडा नम्बर ६ का करिब ३ सय जनालाई शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरी प्रारम्भ गरिएको शिविरबाट लाभग्राहीहरुले ठूलो सुविधा पाएका छन् ।
गाउँपालिकाकाअनुसार सो कार्यक्रमलाई निन्तरता दिँदै साउन १० र ११ गते १ नम्बर वडा कार्यालय महादेव डाडाका करिब ४ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
यसैगरी, साउन १५ र १६ गते ३ नम्बर वडा कार्यालय खोलागाउ, १७ र १८ गते २ नम्बर वडा कार्यालय पोखरी र १९ देखि २२ गतेसम्म ५ नम्बर वडा कार्यालय सोल्पाठानामा भत्ता वितरणका लागी भुक्तानी शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्