१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नेपाल साफ यु–२० च्याम्पियससिपबाट बाहिरियो, भारत फाइनलमा


4.719k
Shares

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियससिपबाट बाहिरिएको छ ।

मंगलबार बेलुकी भारतको भुवनेश्वरस्थित काालिङ्गा रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले पराजित गरेसँगै नेपाल च्याम्पियससिपबाट बाहिरिएको हो ।

माल्दिभ्सले जितेको खण्डमा नेपाल फाइनलमा जाने पक्का थियो । योसँगै ५ अगस्टमा हुने फाइनलमा भारत र बंगलादेश भिड्ने भएका छन् ।

यसअघि मंगलबार दिउँसो भएकाे खेलमा नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

बंगलादेश चार खेलमा तीनमा जित र एउटा बराबरी खेल्दै १० अंकसहित तालिकाकाे शीर्षस्थानमा रहेर फाइनल पुग्दा भारत चार खेलमै तीनमा जित र एकमा पराजित हुँदै तालिककाे दाेस्राे स्थानमा रहेर फाइनल पुगेकाे हाे ।