
काठमाडौं । नेपाली फिल्म ‘सम्झना बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।
रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी भदौ २४ गते (९ सेप्टेम्बर) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका ठूला शहरहरुमा प्रदर्शन गर्न लागिएको हो ।
यस्तै, दोस्रो चरणमा असोज २१ गते (७ अक्टोबर) बाट असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा प्रदर्शन हुँदैछ । तेस्रो चरणमा कार्तिक ४ गते (२१ अक्टोबर) बाट भारतका अन्य शहरमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
नेपाली भाषी दर्शकलाई लक्षित गरेर प्रदर्शन गर्न लागेकाेले फिल्मलाई नेपाली भाषामा नै रिलिज गर्न लागिएकाे हाे । तर, नेपाली नबुझ्नेहरुका लागि भने अंग्रेजी सबटाइटल राखिनेछ ।
निमेश प्रधानद्वारा निर्देशित फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् । सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि अभिनय रहेको फिल्मलाई दार्जिलिङ, सिलगुढी, सिक्किम क्षेत्रमा छायांकन गरिएको थियो ।
निर्देशक निमेशकै लेखन रहेको फिल्म शिव ढकालले खिचेका हुन् ।
प्रतिक्रिया दिनुहोस्