
एजेन्सी । बलिउड अभिनेत्री तब्बु फिल्म सुटिङकाे क्रममा घाइते भएकी छन् ।
निडर प्रहरी अफिसरको भूमिकामा देखिन लागेकाे फिल्म ‘भोला’काे एक एक्सन दृश्य छायाङ्कनकाे क्रममा उनलाई चोट लागेको हाे ।
सुटिङका लागि तब्बुले घना जङ्गलमा ट्रक चलाएकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका थिए ।
ट्रकसँग मोटरसाइकल ठोकिने क्रममा सिसाको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा रहेका स्वास्थ्यकर्मीले चोट गम्भीर नभएको बताएका छन् ।
तब्बुलाई चोट लागेपछि निर्देशक अजय देवगनले उनलाई केही दिनका लागि सेटबाट छुट्टी दिएका छन् ।
अजयको फिल्ममा तब्बु प्रहरी अफिसरको भूमिकामा देखिने यो पहिलो पटक भने होइन । यसअघि उनी ‘दृश्यम’ मा प्रहरी अफिसरको भूमिकामा देखिएकी थिइन् ।
फिल्म ‘भोला’ दक्षिण भारतीय फिल्म ‘कैथी’ को हिन्दी रिमेक हो ।
प्रतिक्रिया दिनुहोस्