१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फोहोरसंग मितेरी : संक्रमणको छैन कुनै डर !

संक्रमणले नछोएको चालककाे दावी

325
Shares

काठमाडौं । काठमाडौंमा दुई दिन फोहोर उठेन भने यहाँको वातावरण अस्तव्यस्त हुन्छ ।

महामारी फैलिने त्रासले सबै तह र तप्काका मानिसमा बहस सिर्जना हुन्छ । चिकित्सक, वातावरणविद् अनेक अर्ती बाँड्छन् । तर जिन्दगीभर फोहोरमै लुकामारी गर्नेहरु आफूहरुमा रोगको कुनै संक्रमण नदेखिएको दावी गर्छन ।

जताततै फोहोरको साम्राज्य रहेको बन्चरे डाँडामा अनन्त भूगोलसम्म फोहोर फैलिएको छ । यही फोहोरको थुप्रो नउधिनी हातमुख जोर्न नपुग्ने अवस्थामा रहेका सयौं मजदूर संक्रमणसंग कति पनि डराउँदैनन् ।

फोहोर टिप्ने मात्र होइन, फोहोर बोकेर जाने चालकको अवस्था पनि उही छ । दुई दशकदेखि काठमाडौंबाट फोहोर ओसार्ने टिपरका यी चालक कोभिड संक्रमणमा समेत सुरक्षित रहेको दावी गर्छन ।

चालकहरु न मास्क, पञ्जा, बुट लगाउँछन, न सेनिटाइजरको उपयोग नै गर्छन । यद्यपि हप्तैपिछे उनीहरुको स्वास्थ्य परीक्षण भने हुने गरेको छ । फोहोरको संक्रमणबाट भएको रोगका कारण आफूहरुले कुनै औषधोपचार गर्न नपरेको उनीहरु सहर्ष बताउँछन् ।

बन्चरेडाँडामै काम गर्ने अन्य सफाई मजदूरको पनि नियमित स्वास्थ्य परीक्षण गरिँदो रहेछ । खानुअघि कुनै सरसफाई नगरी फोहोरकै डुंगुरमाथि खानपिन गर्ने गरेपनि रोगको संक्रमणबाट जोगिएकोमा स्वयं उनीहरुलाई आश्चर्यलाग्दो रहेछ ।