
काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ आजबाट एकैसाथ प्रदर्शनमा हुने भएको छ ।
दुवै फिल्मले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । यी दुबै चलचित्र बक्सअफिसमा राम्रो गर्ने अपेक्षा गरिएको छ ।
दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ मा मुख्य पात्र प्रदीप खड्का छन् । प्रदीप अरु फिल्मको तुलनामा यसमा भिन्न रोलमा देखिएका छन् । प्रदीपका अलावा मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । रेणु योगीको यो डेब्यू फिल्म रहेको छ ।
सुवर्ण थापा निर्देशित ‘राधा’ फिल्म पनि आजैबाट प्रर्दशनमा आउन लागेको छ । ‘राधा’मा मुख्य पात्रमा नायिका श्रृष्टि श्रेष्ठ छिन् । श्रृष्टिसँगै यो चलचित्रमा स्टार कलाकारको भिड छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्दि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।
अपेक्षित चलचित्र एकैदिन बजारमा आउँदा कसले कति सो पाउँछन् भन्ने चासो रहेको छ । चिनिया फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुनु फिल्मका लागि सुखद पक्ष हो । यता ‘प्रकाश’ले प्रदर्शन अघि नै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्