१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सप्तकोशीको भंगालोमा डुबेर बालिकाको मृत्यु


390
Shares

सुनसरी । सुनसरीको कोशी गाउँपालिका स्थित भ्याण्टाबारिमा सप्तकोशीबाट फुटेर आएको भंगालोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका-८ बस्ने मुर्सिद मियाको छोरी ११ बर्षिय नजराना खातुनको शब सशस्त्र प्रहरीले बुधबार फेला पारेको छ ।

मंगलबार नुहाउने क्रममा बेपत्ता भएकी खातुनको खोततलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट सशस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको कमान्डमा खटिएको विपद् व्यवस्थापन टोलीले शब फेला पारेको थियो ।

खातुनको शब पानीमुनी बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख बिक्रम हुमागाईले बताए । उनले जातुनको शब परिवारलाइ जिम्मा लगाइएको जानकारी दिएका छन ।