
फाइल तस्बिर
काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानमाथि खतरा रहेकाले गठबन्धन अति आवश्यक रहेको बताउनुभएको छ ।
सिमरामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताउनुभयो ।
एमालेले जिते लोकतान्त्रिक प्रणाली नै समाप्त हुने भन्दै उहाँले नचाहँदा नचाहँदै पनि शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था सृजना भएको दाबी गर्नुभयो ।
मन्त्री चौधरीले एमाले अध्यक्ष केपी ओली सत्ता उन्मादका कारण सडकमा पुगेको बताउनुभयो । चौधरीले गढीमाई मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै कार्यकर्ता भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्