
झापा । बैंक तथा वित्तीय संस्थाले बृद्धि गरेको ब्याज दर नघटाए प्रदेश १ का व्यवसायीले कडा आन्दोलन गर्ने भएका छन् ।
उनीहरूले वृद्धि गरेको ब्याज तत्काल फिर्ता गरिनु पर्ने र नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघमा सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
नेपाल उद्येग वाणिज्य महासंघ प्रदेश १ ले कात्तिक २२ गते जिल्ला प्रशासन कार्यालयसहित नगर तथा वैंक तथा वित्तीय संस्थामा ज्ञापनपत्र दिने निर्णय गरेका छन् । २३ गते बैंकसँग कुनैपनि कारोबार नगर्ने र दुई घण्टा प्ले कार्डसहित मौन जुलुस गर्ने, २५ गते मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकमा प्ले कार्डसहित धर्ना दिने भएका छन् ।
त्यस्तै, २८ गते नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा दवाव दिने लगायतका कार्यक्रम तय गरेको छ ।
आफ्ना शान्तिपूर्ण मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस्