
फाेटाे साैजन्य : अमेरिकन फोटोग्राफर कितिया पावलोस्की
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत सगरमाथा क्षेत्रको खुम्बुमा हिम चितुवा फेला परेको छ ।
वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर कितिया पावलोस्कीले हिम चितुवाको तस्वीर खिचेर सार्वजनिक गर्नुभएको हो ।
सगरमाथा क्षेत्रमा हिम चितुवा देखापरेपछि उहाँले गत अक्टोवर ८ मा तस्वीर खिच्नुभएको थियो । ५ हजार ४ सय ८६ मिटर उचाइमा हिम चितुवाको तस्वीर कैद गरेको उहाँले सामाजिक सञजालमा सार्वजनिक गर्नुभएको छ ।
चितुवाको पाइला पछ्याउँदै उत्कृष्ट दृश्यका लागि उचाइ चढ्दै ५ हजार मिटर भन्दा माथि सो चितुवाको फोटो खिचेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्