
काठमाडौं । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ जनाको खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ ।
बेपत्ता नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्