१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इराकमा आईएस लडाकुले प्रहरीमाथि आक्रमण गर्दा ९ जनाकाे मृत्यु


26
Shares

काठमाडौं । इराकमा बम र बन्दुक आक्रमणका कारण ९ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ ।

इराकको राजधानी बग्दादबाट २ सय ९० किलोमिटर टाढा किर्कुक शहरमा प्रहरीहरु चढेको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरूकाे मृत्यु भएकाे हाे । आक्रमणकारीमाथि प्रहरीले जवाफी कारबाही गर्दा केही बेर दुवैतर्फ गोली हानाहान भएको थियो ।

त्यसैगरी बग्दाद नजिकैको सडकमा राखेको बम विस्फोट हुँदा केही प्रहरी घाइते भएका छन् । घटनाको जिम्मेवारी इस्लामिक संगठन आईएसले लिएको छ । आईएसले विगतमा पूर्वी इराकदेखि सिरियासम्मको ८८ हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरी विभिन्न आतंकवादी गतिविधि गर्दै आएको थियो ।

साथै इराकी सेनाले सन् २०१७ मा उक्त क्षेत्रहरू कब्जा मुक्त गरेको थियो ।