
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनेता रविन्द्र झा अनुबन्धित भएका छन् ।
मंगलबार सामाजिक सञ्जाल मार्फत हरिहरले उक्त कुराको जानकारी गराएका हुन् । चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केहीदिन अघि यस चलचित्रमा अभिनेत्री बिपना थापा प्रमुख कलाकारको रुपमा अनुबन्धित भएकी थिइन् ।
चलचित्रमा बिपना र रविन्द्रका अलावा सरोज खनाल, नीता ढुंगाना, हरिहर अधिकारी, सलोन बस्नेत, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भैसकेका छन् ।
चलचित्रलाई भारतको ठूलो फिल्म सिटी रामोजी स्टुडियोमा छायांकन गरिने निर्माण टिमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्