
काठमाडौं । चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर चलचित्र ‘कबड्डी ४’ मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छनोट चाँडै नै हुने निर्देशक लामाले बताएका छन् ।
आरआर फिल्म्सले वितरण गर्ने यस चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता र जय श्रेष्ठ निर्माता रहेका छन् । आगामी चैत्र महिनाबाट छायांकन सुरू हुने चलचित्रले राजनीतिक कथा प्रस्तुत गर्ने लामाको भनाई छ ।
दीपेन्द्रको यो पाँचौ निर्देशकीय चलचित्र हुनेछ । उनले, ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ र ‘२ नम्बरी’ जस्ता चलचित्र निर्देशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्