
काठमाडौं । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुटवलमा भएको लघुवित्तका ऋणीहरुको भेलाले आन्दोलन थाल्ने चेतावनी दिएको हो ।
लघुवित्तहरुले मनपरी ब्याज लिएर ठगी गरेको भन्दै संगठित भएका लघुवित्त पीडितहरुले लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
लघुवित्त पीडित संघर्ष समितिले ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग राखेका छन् ।
समितिका अध्यक्ष मनिराम ज्ञवालीले मागको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
लघुवित्त कम्पनीहरुले भने केही ब्यक्तिहरुले ऋण नतिर्ने नियतले हल्ला गरेको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्