
काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन (अनटाइटल) चलचित्रमा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन् ।
यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल र आर्यन सिग्देल अनुबन्धित भैसकेका छन् । चलचित्रको कथा भने पत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । चलचित्रको नाम फाइनल नभइसकेको सुवेदीले बताए।
सुवेदीले चलचित्रमा एक अर्को अभिनेत्री अनुबन्धित हुन बाँकी रहेको जानकारी दिएका छन् । उनले उक्त कुराको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् । साथै उनले साक्षीलाई बधाइ तथा शुभकामना पनि दिएका छन् ।
जय माँ दुर्गे फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रमा छिरिङ टेन्डुप शेर्पा, बिजय चन्द र भुवनकुमार काफ्ले निर्माता रहेका छन् । त्यसैगरी चलचित्रको निर्माण व्यबस्थापकमा सुरज आचार्य रहेका छन् ।
चलचित्रको छायांकन आगामी फागुनको पहिलो साताबाट हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्