१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चलचित्र ‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित


78
Shares

काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् ।

चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा भित्रिएकी हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।

चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रमा विपिन फेरि ‘भष्मे डन’ को भूमिकामा देखिने भएका छन् ।

निर्देशक दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने चलचित्रको पटकथा भने खगेन्द्रले नै लेखेका छन् । चलचित्रको छायांकन फागुन १२ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।

विपिन, सौगात र स्वस्तिमाका अलावा ‘पशुपतिप्रसाद’ मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि ‘भष्मे डन’ मा देखिनेछन् ।

काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर चलचित्रको छायांकन हुनेछ ।