१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ अदालतद्वारा सफाई


30.238k
Shares

काठमाडौं । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । त्यसैगरी जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । शाहमाथि एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि शाह तत्काल रिहा हुने छैनन् । किनकि जिल्ला अदालत नवलपरासी पूर्वले उनलाइ यसअघि बाल यौन दुराचारको आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सोही फैसला अनुसारको सजाय भुक्तान गर्न उनी जेलमा छन् ।