
web pic
ओखलढुङगा । ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानी भञ्ज्याङ नजिकै भएको दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ब्रेक फेल भएर सडक छेउमै गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ ।
घाइतेहरुको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्