
web pic
काठमाडौं । झापामा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान दुई वटा ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र परिचय खुल्न बाँकी सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्