१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उद्योगी व्यवसायीले फागुनमा बैंकविरूद्ध संयुक्त रूपमा सडक आन्दोलन गर्ने


195
Shares

काठमाडाैं । आगामी फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

सयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताउनुभएकाे हाे । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् ।

संयोजक कटुवालले संचारकर्मीसँग कुरा गर्दै उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती विरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताउनुभयो । समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनु परेको जनाएको छ ।

संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको लागि सरकार, राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाउनुभयो । उहाँले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादती विरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताउनुभयो । उहाँले फागुन ५ गते वृहत र्यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उक्रने बताउनुभयो ।

उहाँल सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह पनि गर्नुभयो । उहाँले बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको विरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पार्नुभयो । उहाँले सडक आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरुको हीतको लागि गर्न लागेको बताउनुभयो ।

उहाँले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । उहाँले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने बताउनुभयो ।

उहाँले त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी दिनुभयो । उहाँले सरकारलाई चाबी बुझाएरपछि विदश काम गर्न जान भिसा माग्ने बताउनुभयो । उहाँले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताउनु भयो ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ, मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघले साथ दिएको छ । महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।