
काठमाडौं । नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त बैठक शनिबार जनकपुरमा सम्पन्न भएको छ ।
सीमा सुरक्षा व्यवस्थामा कडाई गर्दै अपराधका सूचना एक-आपसमा आदान-प्रदान गर्ने समझदारी बनेको हाे। सीमा स्तम्भ अनुगन गरी आवश्यकता अनुसार मर्मतसम्भार गर्ने र लागूऔषध ओसारपसारका साथै आपराधिक क्रियाकलाप कडाइसाथ नियन्त्रण गर्ने निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र भारतबाट मधुवनी जिल्लाका डिएम अरविन्दकुमार बर्माले नेतृत्व गर्नुभएको थियो । बैठकमा मधेश प्रदेशका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता रहेकाे थियो ।
प्रतिक्रिया दिनुहोस्