१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओखलढुंगामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते


221
Shares

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आइतबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गम्भीर अवस्थाका घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ भने उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।