
एजेन्सी । म्यानमारमा सैनिक कूसँगै हजारौं बर्मेलीहरु थाइल्याण्ड पलायन भएका छन् ।
सेना र सशस्त्र समूहरुबीच लडाइँ सुरु भएसँगै १० हजार भन्दा बढी बर्मेलीहरु शरणार्थीको रुपमा थाइल्याण्ड पुगेका हुन् ।
आफ्ना नागरिकहरु श्वे कोक्का सहरबाट थाइल्याण्ड पलायन भइरहेको अधिकारीहरुले जनाएका छन् ।
दुई वर्ष अघि जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता लिएसँगै सबैभन्दा ठूलो सीमापार आन्दोलन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सन् २०२१ को फेब्रुअरीमा भएको कू पछि चलिरहेको गृहयुद्धमा सेनाले धेरै बर्मीहरुको हत्या गर्नुका साथै नियन्त्रणमा लिएर धरपकड र चरम यातना दिएको भन्दै विभिन्न मानवअधिकारवादी अन्तर्राष्ट्रिय संघसंस्थाले विरोध गर्दै आएका छन् ।
गृहयुद्धका क्रममा हालसम्म १४ लाखभन्दा बढी बर्मेलीहरु विस्थापित भएको बताइएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार देशको करिब एक तिहाइ जनसंख्यालाई मानविय सहायताको खाँचो छ ।
करेन नेशनल लिबरेसन आर्मी (केएनएलए) र यसका सहयोगीहरुले आक्रमण गरेपछि पछिल्लो लडाई सुरु भएको हो ।
सो लडाइँका क्रममा दुवै पक्षका ८० भन्दाबढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेका छ ।
आक्रमण भएका क्षेत्रमा तत्काल ठूलो मानवीय सहायताको खाँचो रहेको मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्