१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बुटवलमा जीप दुर्घटनामा हुँदा चालकको मृत्यु, पाँच जना घाइते


1.027k
Shares

काठमाडौं । बुटवलको तिलोत्तमामा आइतबार बिहान यात्रुबाहक जीप दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कोर्पियो जीप तिलोत्तमा नगरपालिका ३ को शान्तिकुञ्जमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीपका चालक अर्घाखाँचीका छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको जीप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठलाई उपचारका लागि बुटवल लैजाँदा अस्पतालले मृत घोषणा गरेको हो ।

दुर्घटनामा १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षीय विप्लव श्रेष्ठ, ४५ वर्षीय सुरेन्द्र श्रेष्ठ, ३१ वर्षीय विज्ञान श्रेष्ठ र ३५ वर्षीय विशाल श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।