
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ ।
जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत आइतबार जलहरी निकालेर छानविन गरेको थियो ।
भारतको कर्नाटकबाट आएका भास्कर भट्टको टोलीले तीन दिनसम्म विशेष क्षमा पूजा गरिरहेको र पुजा सकिएपछि जलहरीको पुनस्थापना गरिने छ ।
जलहरी जडानका लागि आवश्यक पर्ने लाहा पनि भारतबाट आइसकेको छ ।
मंगलबार राती भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको हो ।
प्रतिक्रिया दिनुहोस्