१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालको निर्देशनपछि अब सुन प्रकरणको अनुसन्धान ‘सीआईबी’ ले गर्ने


3.289k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकपछि सुन प्रकरणको अनुसन्धानमा भएको प्रगतिबारे उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित महान्यायाधीवक्ता दिनमणी पोखरेल, राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज टुंगाना,प्रहरी महानिरीक्षक बसन्त कुँवर र सीआईबीकी प्रमुख किरण बज्रचार्यसँग छलफल गर्नुभएको थियो ।

स्रोतका अनुसार बिभागका महानिर्देशक ढुंगानाले अनुसन्धानमा भइरेहको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो । त्यसैगरी गृहमन्त्री श्रेष्ठले सुन तस्करी संगठित अपराध भएको भन्दै त्यसको अनुसन्धान प्रहरीमार्फत गर्दा प्रभावकारी हुने बताउनु भएको थियो । त्यसैगरी महान्यायाधिवक्ता पोखरेलले पनि अनुसन्धान प्रहरीले नै गर्दा जरोसम्म पुग्न सहज हुने सुझाव दिनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले अनुसन्धानको जिम्मा प्रहरीलाई दिन निर्देशन दिनुभएको हो ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १ सय किलो सुन बाहिरिदै गर्दा राजश्व आुसन्धान विभागको टोलीले समातेको थियो । यस प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका छन् ।