
काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको सहायक मार्गको सोमबार ब्रेक थ्रु हुने भएको छ ।
२०७६ कात्तिक ४ गते शिलान्यास भएको सुरुङको ‘उद्धार सुरुङ’ खन्ने काम सकिन लागेको हो । सोमबार दिउँसो सरकारी अधिकारीहरुको उपस्थितिमा उद्धार सुरुङ छेड्ने तयारी गरिएको सुरुङमार्ग आयोजनाले जनाएको छ ।
२ दशमलव ६ किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको मूख्य सुरुङको काम भने अब पाँच सय मिटर खन्न बाँकी रहेको छ ।
सुरुङमार्ग सँगसँगै पृथ्वी राजमार्गको विस्तारको कार्य पनि अघि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्